उसुमा नीमा घर्तीमगरले जितिन् स्वर्ण

काठमाडौं, १९ मंसिर । १३औं सागमा निमा घर्तिमगरले स्वर्ण जितेकी छिन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा उसुको थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी हुन्।

पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन्। निमाले समग्रमा १८.९१ अंक प्राप्त गरिन्।

सागमा उनको यो दोस्रो स्वर्ण हो । यसअघि १२ औं सागमा उसुको थाउलोमा स्वर्ण जितेकी थिइन् । जारी सागमा भने नेपालको यो ३० औं स्वर्ण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here