सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १९ मंसिर । केहि दिन देखि बढेको सुनको मूल्य विहिवार घटेको छ ।

बुधवार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा विहिवार २०० रुपैयाँ घट्दै छापावाल सुनको मूल्य ७२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तेजावी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घट्यो ।

अघिल्लो दिन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार २०० रुपैयाँ घट्दै प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

विहिवार चाँदीको मूल्य पनि घट्यो ।

बुधवार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा विहिवार १५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ५० रुपैयाँ भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here