साइक्लिङमा लक्ष्मीले जितिन् स्वर्ण,पौडीमा डुआना र एलेक्सको राष्ट्रिय कीर्तिमान

काठमाडौं,१९ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको साइक्लिङमा नेपालले थप स्वर्ण जितेको छ ।

बिहीबार गोकर्णमा भएको साइक्लिङमा नेपालकी लक्ष्मी मगरले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यहि स्पर्धामा नेपालकी उषा खनालले रजत पदक पाइन्।

लक्ष्मीले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्डमा पूरा गरिन् भने उषाले १ मिनेट ३५.५२ सेकेण्डमा पूरा गरिन्। कास्य पदक जितेकी भारतकी प्रनिता प्रफुल सोमनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरिन्।

योसँगै साइक्लिङमा नेपालले ३ स्वर्ण जितेको छ। राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेकी थिइन्।

त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा आजबाट पौडी सुरु भएको छ । पहिलो दिन आज हिट चरणमा डुआना लामा र एलेक्स शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा बिहीबार बिहान भएकाे प्रतिस्पर्धामा पुरुष २ सय मिटर फ्रिस्टाइलमा एलेक्जेन्डरले २ मिनेट ०२ दशमलव ३० सेकेण्ड समयका साथ राष्ट्रिय कीर्तिमान बनाए । उनले यसअघि शिरिष गुरुङको नाममा रहेको २ मिनेट ०६ दशमलव ३५ सेकेण्डको कीर्तिमान भंग गरे ।

यस्तै महिला तर्फ २ सय मिटर ब्रेस्टस्टाेकमा डुआनाले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् ।

उनले २ मिनेट ४८दशमलव ५७ सेकेण्डको समय निकालिन । उनले आठौं राष्ट्रिय खेलकुदमा २ मिनेट ५५ दशमलव ०९ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् । एलेक्सले २ सय मिटर फ्रि स्टाइलमा शीरिष गुरुङको कीर्तिमान तोडेका छन् ।

एलेक्सले निर्धारित दुरी २ मिनेट २.३० सेकेन्डमा पूरा गर्दै यसअघि शिरिषले सन् २०१४ को १२ औं फिना विश्वकपमा २ मिनेट ६.३५ सेकेन्डमा बनाएको कीर्तिमान तोडेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here