शेयर बजारमा सुधार, नेप्से साढे ७ अंकले बढ्दा ३६ करोडको कारोबार

काठमाडौं, १९ मंसिर । साताको अन्तिम दिन शेयर बजारमा सुधार देखिएको छ । विहिवार नेप्से परिसूचक ७.४५ अंकले बढेर १ हजार १ सय ३१.९२ अंकमा पुगेको छ ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.९१ अंकले बढेर २ सय ४८.७७ अंकमा पुग्यो ।

विहिवार उत्पादन समुह बाहेक अन्य सबै समुहको सूचक बढ्यो । उत्पादन समुहको सूचक ०.६७ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङ समुहको सूचक ३.७६ प्रतिशत बढ्यो । त्यस्तै, २.९३ प्रतिशत, जीवन बिमा समुहको २.९३ प्रतिशत, निर्जीवन बिमा समुहको १.७७ प्रतिशत, लघुवित्तको १.६१ प्रतिशत, सामुहिक लगानी कोषको १.२१ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

विहिवार १ सय ६८ कम्पनीको १० लाख ९५ हजार १ सय ८८ कित्ता शेयर बिनबेच हुँदा ३५ करोड ८८ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

साताको अन्तिम दिन सबैभन्दा धेरै सुमिट लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ७.७८ प्रतिशत बढ्यो । त्यस्तै, गणपती लघुवित्त वित्तीय संस्थाका ६.८८ प्रतिशत, सामुदायीक लघुवित्त वित्तीय संस्थाको ६.७७ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा दिव्यश्वरी जलविद्युत कम्पनीका शेयर धनी रहेका छन् । दिव्यश्वरीको शेयर मूल्य ७.०१ प्रतिशत घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । इन्स्योरेन्सले ३ करोड ५१ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here