साल्ट ट्रेडिङमा फेरी लक्ष्मीदास

काठमाडौं, १२ चैत ।
साल्ट साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा लक्ष्मीदास मानन्धर पुनः निर्वाचित भएका छन् । सोमवार बसेको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।

कर्पोरेशनको ५२ औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको पनि निर्विरोध निर्वाचित गरेको थियो ।

यसरी निर्वाचित हुने सञ्चालकहरुमा लक्ष्मीदास मानन्धर, कीर्तिकुमार जोशी, कल्याण गोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन छन् । नवनिर्वाचित सदस्यको पदावधि ४ वर्षको हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here