सुवासले दिलाए नेपाललाई गल्फमा स्वर्ण

काठमाडौं,२० मंसिर । नेपालले साग इतिहासमै पहिलोपटक गल्फमा स्वर्ण पदक जितेको छ । गोकर्णमा भएको खेलमा नेपालका सुवास तामाङले दुई स्वर्ण जितेका हुन् । उनले ब्यक्तिगत र टिम तर्फ एक–एक स्वर्ण जितेका हुन् ।

अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हासिल गरे । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडे ।

सागमा पुरुष ब्यक्तिगततर्फ नेपाल, बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गरिरहेका छन । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ ।

साग गल्फमा चार स्वर्ण, चार रजत र चारनै कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । आयोजकको हिसावले नेपालले सागमा गल्फ खेल राखेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here