गोपीचन्द्र पार्कीले जिते एथलेटिक्समा स्वर्ण पदक

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद ९साग०मा एथलेटिक्स अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

शुक्रवार बिहान भएको खेलमा निर्धारित दुरी १४ मिनेट ५४ दशमलब दुई शुन्य सेकेण्डमा पूरा गर्दैै नेपाली धावक गोपी चन्द पार्कीले स्वर्ण पदक जितेका हुन् । भारतका सुनिल दवारलाई एक सेकेण्डले पछि पार्दै पार्कीले स्वर्ण हात पारेका हुन् ।

दवारले १४ मिनेट पचपन्न दशमलब दुई एक सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक प्राप्त गरे । नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए । रिमालले १४ मिनेट सन्ताउन्न दशमलब शुन्य पाँच सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते ।

योसँगै एथलेटिक्समा नेपालको स्वर्ण संख्या दुई पुगेको छ । यसअघि सन्तोषि श्रेष्ठले महिला दश हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन । पार्कीले जितेको पदकसँगै नेपालको स्वर्णको संख्या ३७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here