नेपालले माल्दिभ्सलाई दियो १ सय ६४ रनको लक्ष्य, करनको राम्रो प्रदर्शन

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

क्रिर्तीपुर क्रिकेट मैदानमा टस जितेर व्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६३ रन बनाएको हो ।

नेपालले १ सय ६४ को लक्ष्य प्रस्तुत गर्ने क्रममा सबैभन्दा धेरै रन अलराउन्डर करन के.सी. ले बनाए । १६ बल खेलेका करनले २ चौंका र ४ छक्काको मद्दतमा ४० रन बनाए ।

त्यस्तै, दिपेन्द्रसिहँ ऐरीले ३५ बल खेल्दै ४ चौंकको मद्दतमा ३९ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्ले र विदोद भण्डारीले समान १९/१९ रन बनाउदाँ अन्य व्याट्म्यानले खासै जादु देखाउन सकेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here