साग फूटबल : नेपालले बलियो माल्दिभ्सलाई हरायो

काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फूटबलतर्फ नेपालले बलियो टोली माल्दिभ्सविरुद्ध प्रभावशाली जीत निकालेको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्यसलाई २-१ गोल अन्त्रले हरायो । गोलले पछि परेको अवस्था उल्टाउँदै नेपालले माल्दिभ्सलाई हराएको हो । आजको खेल नेपालका लागि निकै महत्वपूर्ण थियो ।

यो जीतसँगै नेपाल साग फूटबलको फाइनल प्रवेश सहज भएको छ । अब नेपालले बंगलादेशसँग खेल्नेछ । शनिबार समूह चरणको अग्रता भने माल्दिभ्सले लिएको थियो ।

१८औं मिनेटमा इब्राहिम हुसेनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका अभिषेक रिजालले ४३ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफ बराबरीमै सकियो ।

दोस्रो आफको ५२ औं मिनेटमा अनन्त तामाङको हेडगोलमार्फत नेपालले पुनः अग्रता लियो । उक्त अग्रता खेलको अन्त्यसम्म नै कायम रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here