साढे ३ अंकले बढ्यो नेप्से, साढे २८ करोडको कारोबार

काठमाडौं, २२ मंसिर । साताको पहिलो दिन शेयर बजारमा सुधार देखिएको छ । आइतवार नेप्से परिसूचक ३.४५ अंकले बढेर १ हजार १ सय ३५.३७ अंकमा पुगेको छ ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स १.७५ अंकले बढेर २ सय ५०.५२ अंकमा पुगेको छ ।

आइतवार बैकिङ्ग, टे«डिङ, होटल, विकास बैंक, अन्य र लघुवित्त समुहको सूचक बढ्यो भने जलविद्युत, फाइनान्स, निर्जीवन बिमा कम्पनी, उत्पादन, जीवन बिमा र सामुहिक लगानी कोष समुहको सूचक बढ्यो ।

सबैभन्दा धेरै अन्य समुहको सूचक बढ्यो । अन्य समुहको सूचक ३ प्रतिशत बढ्यो । त्यस्तै, ट्रेडिङ समुहको १.९९ प्रतिशत, लघुवित्तको १.११ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक घट्यो । निर्जीवनको सूचक ०.८३ प्रतिशत घट्यो ।

आइतवार १ सय ७१ कम्पनीको ९ लाख ८७ हजार ७८ सय ३९ कित्ता शेयर किनबेच हुँदा २८ करोड ७५ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै कञ्चन विकास बैंकका शेयर धनीले कमाए । कञ्चन विकास बैंकको शेयर मूल्य ७.१० प्रतिशत बढ्यो । त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैंकको ५.९६ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेशनल लघुवित्त वित्तीय संस्थाका शेयर धनी छन् । नेशनल लघुवित्तको शेयर मूल्य ३.८४ प्रतिशत घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । नेपाल लाइफले २ करोड १३ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here