गौरिकाको नयाँ कीर्तिमान, तीन स्वर्ण जित्ने पहिलो खेलाडी

काठमाडौं,२२ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली पौडीवाज गौरिका सिंहले आइतबार महिलातर्फको ४०० फ्रिस्टाइलमा स्वर्ण जतेकी छन्। सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरी गरिन् ।

साग खेलकुदमा नेपाली खेलाडी गौरिका सिंहले एकै संस्करणको सागमा तीन स्वर्ण जितेकी छिन् ।

उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी छिन् । यससँगै जारी सागमा स्वर्ण संख्या ४५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here