पुरुष क्रिकेटमा नेपाललाई कांस्य

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्रगत पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ ।

आज किर्तीपुर क्रिकेट मैदानमा कांस्य पदकको लागि भएको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराउदै कांस्य पदक प्राप्त गरेको हो ।

माल्दिभ्सले दिएको ९५ रनको तार्गेट नेपालले ५ विकेटको क्षतिमा भेट्टाएको थियो ।

पुरुष किक्रेटको स्वर्ण पदकको लागि बङ्गलादेश र श्रीलंका भिड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here