के यसै सिजन तोड्लान मेस्सीले पेलेको दुर्लभ विश्व रेकर्ड ? अब मात्रै २६ गोल टाढा

काठमाडौं । आफ्नो खेल जीवनभर एउटै क्लबबाट मात्रै फुटवल खेल्नु चुनौति तथा अवसर दुवै हो ।

कमै मात्र खेलाडीहरु जीवनभर एउटै क्लबबाट मात्रै फुटवल खेल्ने गर्छन् । यसरी खेल्दा मात्रै यस्ता रेकर्डहरु बन्ने गर्छन् । यस्तै एउटा रेकर्डको पछि पछि छन् वर्तमान समयमा स्पेनीस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी ।

यस्तो छ मेस्सीको बार्सिलोना यात्रा

सन् १९८७ मा अर्जेन्टीनामा जन्मिएका मेस्सी सन् २००३ बाट बार्सिलोनाको सिनीयर टिममा खेल्दै आएका छन् । १६ वर्षको उमेरमा नै उनी बार्सिलोनाको सिनीयर टिमबाट खेल्न सुरु गरेका थिए ।

सन् २००३ देखि हालसम्म मेस्सीले बार्सिलोनाबाट ७०० भन्दा धेरै खेल खेलिसकेका छन् । जसमा उनले ६ सय १७ गोल पनि गरेका छन् ।

६ पटकका बालोन डि ओर विजेता मेस्सीले यसै सिजन पेलेको विश्व रेकर्ड लोड्ने अनुमान गर्न थालिएको छ ।

कति छ पेलेको विश्व रेकर्ड ?

ब्राजिलीयन स्टार खेलाडी पेलेले ब्राजिलीयन फुटवल क्लब सान्तोषको लागि १३ वर्ष फुटवल खेलेका थिए । राष्ट्रिय टिमबाट भन्दापनि पहिले उनी सान्तोषबाट खेल्न सुरु गरेका थिए ।

१५ वर्षको उमेबाट नै उनले सान्तोषको लागि फुटवल खेल्न सुरु गरेका थिए । जसमा उनले सान्तोषको लागि मात्रै ६ सय ४३ गोल गरे । यो कुनैपनि फुटवल खेलाडीले एउटै क्लबको लागि गरेको सबैभन्दा धेरै गोल र आफैमा एउटा विश्व रेकर्ड पनि हो ।

रेकर्ड तोड्न मात्रै २६ गोल आवश्यक

हालसम्म बार्सिलोनाको लागि ६ सय १७ गोल गरिसकेका मेस्सीलाई पेलेको उक्त विश्व रेकर्ड तोड्नको लागि अब मात्रै २६ गोल आवश्यक छ ।

सन् २०११/१२ को सिजनपछि सिजनमा ५० भन्दा कम गोल नगरेका मेस्सीले यो विश्व रेकर्ड यसै सिजन तोड्न सक्ने व्याख्या विश्लेषण सुरु भएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here