काठमाडौं मेरिएट होटलमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन

काठमाडौं, २३ मंसिर । नक्सालस्थित होटेल मेरिएटको एडमामे रेष्टुराँले नयाँ चाइनिज मेन्यू सुरु गरेको छ ।

होट मेरियटको पहिलो तलामा रहेको एडमामे रेष्टुराँमा आरामदायी, सम्पन्न तथा आकर्षक आधुनिक एशियन शैलीको ‘ओक एण्ड बउल’ नामक उक्त मेन्यूमा हरेक शनिबार लञ्च आवरमा मौलिक चिनियाँ व्यञ्जन उपलव्ध हुनेछ ।

उक्त रेस्टुरेन्टमा जापानी, चिनियाँ र थाइल्याण्डका मौलिक परिकार पहिले देखि नै उपलब्ध छन् । हालै सुरु भएको नयाँ मेन्यूमा दिम्सम, राइस बउल, र लिप स्म्याकिङ वाओस, हास, चिकेन लगायतका परिकार छन् । मिक्स शाकाहारी रोल्स र लिम्पियाज लगायत परिकार पनि रेष्टुरेन्टमा पाइन्छ ।

एडमामेको सेटिङ निकै आकर्षक छ । जटिल ढाचाँ, भव्य वस्त्र र एशियन कलाको फ्युजन रेष्टुरेन्टमा देख्न पाइन्छ । डिजाइनले प्राचिन सभ्यताको रहस्य र यसबाट अलग्गीदा ब्रम्हाण्डमा गरिएको भोजन अमुल्य भोेजनको अर्थ दिन्छ ।

हरेक सामग्रीको उत्पादन र गुणस्तर उत्पादनलाई ध्यानमा राख्ने गरेको प्रष्ट पार्छन् । एडमामेका कार्यकारी शेफ सञ्जीव रञ्जन र शेफ निन्जा भन्छन, ‘खानाको स्वाद र गुणस्तरलाई ध्यानमा राखि स्वस्थ परिकार पस्किने गरेका छौ ता की एकपटकको स्वाद पनि यादगार बनोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here