फूटबल क्रेज: मूल्य दोब्बर हुँदा पनि एक दिनमै सकियो फाइनलको टिकट

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्रगत पुरुष फुटबलको फाइनलको सबै टिकट बिक्री भईसकेको छ ।

इसेवाबाट वितरण हुने भनिएको सम्पूर्ण टिकट बुकिङ्ग भईसकेको ई–सेवाले जनाएको छ । राखेपले साग फूटबल फाइनलको टिकट मूल्य दोब्बरले बढाएको थियो ।

रङ्गशालाकै प्याराफिटमा गएर साग फूटबलको फाईनल हेर्न चाहने दर्शकले सामान्य ग्यालरीका लागि एकहजार रुपैयाँ र भीआईपी ग्यालरीका लागि दुई हजार रुपैयाँको टिकट खरिद गर्नुपर्नेछ।

यही टिकट प्रयोग गरी दर्शकले सागको समापन समारोह समेत अवलोकन गर्न पाउनेछन्। रङ्गशालामा दर्शको अत्याधिक चापलाई व्यवस्थित गर्न टिकटको मूल्य बढाइएको अनुमान छ।

मंगलबार दिउँसो तीन बजे दशरथ रङ्गशालामा नेपाल र भुटानबीच साग फूटबलको फाईनल खेल हुँदैछ।

पछिल्ला खेलहरुमा उत्कृष्ट प्रर्दशन गर्दै भुटान पहिलोपटक साग प्रतियोगिताको फाइनलमा पुगेको हो । दुवै टिम फाइनल जित्ने लक्ष्य सहित मैदान उत्रनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here