गौरिकाको नयाँ कीर्तिमान,एउटै सागमा चार स्वर्ण जित्ने पहिलो खेलाडी

काठमाडौं,२३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छन् ।

सातबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको एक सय मिटर फ्री-स्टाइमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई ०.०२ सेकेन्डले पछि पार्दै स्वर्ण जितेकी हुन् ।

सिवांगी शर्माले ५८.१५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जितिन् । एनी जैनले ५९.०४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य हात पारिन् ।

जारि १३ औं सागमा गौरिकाको चौथो स्वर्ण हो । यसअघि उनले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन् । गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन् ।

उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् । सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् । दीपकले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here