रंगशालाको गेट बाहिर नारावाजी, दर्शकमाथि बज्रियो प्रहरीको लाठी

काठमाडौं,२४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद भइरहेको मुख्य स्थान दशरथ रंगशालामा फुटबल समर्थकहरु प्रहरीबाट कुटिएका छन् ।

नेपाल र भुटानबीच फुटबलको फाइनल खेल हुनुअघि फुटबल फ्यानहरुमाथि प्रहरीले लाठी वर्षाएको हो ।
टिकट नपाएका समर्थकहरुले गेट बाहिर नारावाजी गरेका छन् । जसका कारण सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गर्दा केही घाइते पनि भएका छन् ।

सुरक्षाकर्मी लाठी चार्ज गर्दा फोटो खिचिरहेका नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई चोट लागेको छ । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलको फाइनल र समापन हुँदै छ ।

जसका कारण पनि नेपाली दर्शकहरु फुटबल हेर्नका लागि रंगशाला प्रवेश गर्न आतुर छन् । इसेवा मार्फत टिकट विक्री खुला गरिएको २ घण्टामै ९ हजार टिकट विक्रि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here