सनिलले जिते बक्सिङमा स्वर्ण, नेपालको स्वर्ण पदक ५० पुग्यो

काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत अन्तिम दिनको भिडन्तमा बक्सिङबाट नेपालले ५० औँ स्वर्ण पदक जित्‍न सफल भएको छ।

मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा बक्सिङका सनिल शाहीले स्वर्ण पदक जितेका हुन् । सनिलले भारतले भिरेन्दर सिंहलाई हराए ।

यता बक्सिङमै नेपालकी माला राई भने फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन् । सातदोबाटो बक्सिङ हलमा भएको प्रतिस्पर्धामा नेपालकी माला भारतकी पिंकी रानीसँग फाइनलमा पराजित भइन । उनी पाँच शुन्यको स्कोरमा हार्न पुगिन् । बक्सिङमा नेपालले अहिलेसम्म दुई स्वर्ण जितेको छ ।

यस्तै महिलाको ६४ केजी तर्फ लाइटवइटमा नेपालकी पुनम रावलले रजतमा चित्त बुझाइन । उनी भारतीय खेलाडी मञ्जु बम्बोरियासँग पराजित भइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here