नेप्से साढे २ अंकले बढ्यो, ५० करोडको कारोबार

काठमाडौं, २४ मंसिर । मंगलवार नेप्से परिसूचक २.४८ अंकले बढेर १ हजार १ सय ५१.५६ अंकमा पुगेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.३३ अंकले बढेर २ सय ५३.५० अंकमा पुगेको छ ।

मंगलवार सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ४.९७ प्रतिशत बढ्यो । त्यस्तै, होटल समुहको १.५७ प्रतिशत बढ्यो भने अन्य समुहको सूचक सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै अन्य समुहको सूचक घट्योे । अन्य समुहको सूचक १.६८ प्रतिशतले घट्यो ।

मंगलवार १ सय ७० कम्पनीको १६ लाख ६१ हजार ८ सय २८ कित्ता शेयर किनबेच हुँदा ५० करोड ३ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ९.९१ प्रतिशत बढ्यो । त्यस्तै, सर्पोट लघुवित्तको ९.७६ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा अरुण काबेलीका शेयर धनी रहेका छन् । अरुण काबेलीको शेयर मूल्य ४.०९ प्रतिशत घट्यो ।

मंगलवार सबैभन्दा कारोबार गर्नेमा माछापुछ्रे बैंक रहेको छ । बैंकले ७ करोड ५३ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here