दोहोरी गायकको लोभलाग्दो कमाई,सालको पात..बाट मात्रै ५ करोड आम्दानी

काठमाडौं, २४ मंसिर । पछिल्लो समय नेपाली लोकगीत संगितले राम्रो फड्को मारेको छ । लोकगीत संगीतका हस्तिहरु यतिवेला कसरी हुन्छ लोकप्रिय र टिपिकल शब्दहरु राखेर गीतको श्रृजना गर्नमा हौसिएका छन् ।

‘सालको पातको टपरी हुने नहुने सल्लैको’ कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर तथा बसन्त थापाको संगितमा रहेको यो गीत नसुन्ने सायदै कोही होलान् । कुनै समय विवाह, व्रतबन्ध, पूजा, भोज, पिकनिक सबै ठाउँ बज्ने मध्ये धेरै मात्रमा यहि गीत नै रहन्थो ।

गीतले नेपाली लोकगीत संगीतमा राम्रै हलचल मात्र मच्चाएन्, लोकगीत संगितप्रति राम्रो छाप समेत छाड्न सफल भयो ।

यो गीत बसन्त थापाको जीवनमा पनि एक नयाँ विहानीको रुपमा आयो । बसन्त थापाले एक युट्युब च्यानललाई दिएकोअन्तवार्ता अनुसार यो गीतबाट मात्रै उनले ५ करोड रुपैयाँ भन्दा धेरै कमाए । र यो कुरा उनले पनि स्विकार गरेका छन् ।

वर्तमान समयमा सालको पात बोलको गित ५४ मिलीयन अर्थात ५ करोड ४१ लाख ७ हजार भन्दा धेरै पटक हेरिएको छ । वर्तमान समयमा नेपाली लोक तथा दोहोरी क्षेत्रमा एकछत्र राज गरिरहेका बसन्त थापा रुचाइएका संगितकार तथा गायक हुन् ।

उनको आफ्नै यूट्युव च्यानलमा ४ लाख ६१ हजार भन्दा धेरै सब्सक्राईक पनि छ । उनी आफै च्यानलबाट भिडीयो हाल्ने गर्छन् ।

यस्तो छ उनले धेरै पैसा कमाएको गीतहरुः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here