ज्योती विकास बैंक र सगरमाथा इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, १४ चैत । ज्योती विकास बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सेवा सम्बन्धि संम्झौता भएको छ ।

सम्झौतापत्रमा बुधबार ज्योती बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्स कम्पनीका सम्पूर्ण शाखा/उपशाखा तथा एक्स्टेन्शन काउन्टर र कार्यालय मार्फत् ज्योती बिकास बैंकका ग्राहकहरुले छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्नका साथै सम्पूर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here