सागका पदक विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौं, २५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई बधाई धन्यवाद दिएकी छन् ।

राष्ट्रपतिले ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले थप लेखेकी छन्, “१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिक बधाई ! यस खेलले दक्षिण एसियाली मुलुक र जनताबीच रहेको सुमधुर सम्बन्ध थप प्रगाढ भएको महसुस गरेको छु । १३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here