प्रतितोला ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, २६ मंसिर । विहिवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

बुधवार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य विहिवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले बढ्यो ।

बुधवार प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य सोमवार ४०० रुपैयाँ बढ्दै प्रतितोला ७० हजार ९ सय रुपैयाँमा पुगेको महासंघले बताएको छ ।

विहिवार चाँदीको मूल्यमा पनि बढ्यो ।

बुधवार प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य विहिवार १० रुपैयाँ बढ्दै प्रंतिताला ८ सय ४० रुपैयाँमा पुगेको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here