एकै दिन ७६ करोडको कारोबार, एभरेष्ट इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं, २६ मंसिर । सातको अन्तीम दिन अर्थात विहिवार नेप्से परिसूचक ११.१७ अंकले बढेर १ हजार १ सय ७२.६४ अंकमा पुगेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ०.९६ प्रतिशत बढी हो ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ यन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.४१ अंकले बढेर २ सय ५५.६० अंकमा पुगेको छ ।

विहिवार बैकिङ्ग, विकास बैंक, जलविद्युत, फाइनान्स, जीवन बिमा, निर्जीवन बिमा, सामुहिक लगानी कोष समुहको सूचक बढ्यो भने ट्रेडिङ, होटल, उत्पानद समुह, अन्य र लघुवित्त समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक बढ्यो । निर्जीवनको सूचक ७.५९ प्रतिशत बढ्यो । त्यस्तै, जीवन बिमा समुहको ५.०५ प्रतिशत, जलविद्युत समुहको ३.०६ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङ समुहको सूचक ३.५८ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समुहको २.०३ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार शेयर बजारको कारोबारमा उछाल आएको छ । विहिवार १ सय ६८ कम्पनीको २१ लाख २ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७६ करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सका शेयर धनीले कमाए । एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढ्दै सर्किट ब्रेकर भयो ।

त्यस्तै, सुर्य लाइफ इन्स्योरेन्सको ९.९६ प्रतिशत, हिमालयन जेनेरल इन्स्योरेन्सको ९.९३ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको ९.९२ प्रतिशत बढ्यो । विहिवार इन्स्योरेन्स कम्पनीहरुको शेयर मुल्य सबैभन्दा धेरै बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । गुँरासको शेयर मूल्य ४.७७ प्रतिशत घट्यो । त्यस्तै, साल्ट ट्रेडिङको शेयर मूल्य ४.६० प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार गर्नेमा स्वाभलम्वन लघुवित्त वित्तीय संस्था रहेको छ । स्वाभलम्वनले ८ करोड २८ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here