नेप्सेद्वारा त्रैमासिक रुपमा कम्पनी वर्गिकरण, ‘क’ वर्गमा १० वाणिज्य बैंक

काठमाडौं २६, मंसिर । नेप्सेले त्रैमासिक रुपमा सूचीकृत कम्पनीको वर्गिकरण गरेको छ । नयाँ वर्गिकरण अनुसार १० वटा वाणिज्य बैंक ‘क’ वर्गमा परेका छन् । यसअघि सनराइज बैंकमात्र ‘क’ वर्गमा परेको थियो ।

नेप्सेको वर्गिकरणमा ‘ख’ वर्गमा एकमात्र न्याग्दी पावर कम्पनी परेको छ । यसअघि पनि यो कम्पनी ‘ख’ वर्गमा परेको थियो । ‘जी’ वर्गमा ३६ कम्पनी र बाँकी सबै कम्पनी ‘जेड’ वर्गमा परेका छन् । नेप्सेले बुधबार चालू आर्थिक वर्षको पहिलो त्रैमासका लागि नयाँ वर्गिकरण सार्वजनिक गरेको हो । गत वर्ष देखि नेप्सेले त्रैमासिक रुपमा पनि सूचीकृत कम्पनीको वर्गिकरण गर्दै आएको छ ।

कम्पनीको वर्गिकरण सम्बन्धी विनियमावलीमा ‘क’ वर्गमा पर्नका लागि क्रेडिट रेटिङ औसतभन्दा माथी हुनुपर्ने र क्रेडिट रेटिङको समय नसकिएको हुनुपर्ने छ । यो नयाँ व्यवस्था हो । यही व्यवस्थाका कारण यस पटक ‘क’ र ‘ख’ वर्गमा एकरएक वटा कम्पनी परेका हुन ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार ‘क’ वर्गमा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रहि लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ ।

यस्तै, ‘क’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ग मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ । ‘जी’ वर्गको वर्गिकरणमा पनि समावेश हुन नसक्ने कम्पनी ‘जेड’ वर्गमा पर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here