संसारमा खपत हुने ४५ प्रतिशत प्याजको उत्पादन चीन र भारतमा (प्याजबारे रोचक तथ्यसहित)

काठमाडौं, २७ मंसिर । संसारको १ सय ७५ देशमा प्याजको उत्पादन हुन्छ । तर, त्यसले कैयौं देशको आफ्नै खपत पनि धान्दैन । भारतमा गरिएको एक अध्ययनले यस्तै देखाएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार संसारभर खपत हुने प्याजको करीव ४५ प्रतिशत उत्पादन भारत र चीनले गर्छन् । यी दुई मुलुकको उत्पादनले खासगरी मध्य एसियाका धेरै देशको माग आपूर्ति भइरहेको छ ।

पछिल्लो समय भारतसहित यस भेगमा प्याजको मूल्यले आकास छोएको छ । भारतीयहरुको भान्सामा प्याज अनिवार्य छ ।

इतिहासकारहरुका अनुसार भारतमा पछिल्लो ४ हजार वर्षदेखी भान्सामा प्याज टुटेको छैन । त्यसकारण भारतीयहरु जति मंहगीमा पनि प्याज टुटाउँदैनन् ।

संचारमाध्यमले इतिहासकारहरुलाई उदृत गर्दै लेखेका छन्, मेसोपोटामियाको सभ्यताको समयदेखि नै भारतमा प्याजको सेवन शुरु भएको हो ।

यो इतिहासँसग जोडिएको विषय हो । भारत र चीनले बढी उत्पादन गरेपनि प्याजको सबैभन्दा बढी खपत हुने मुलुक भने लिबिया हो । तथ्यांक अनुसार यहाँ प्रतिव्यक्ति वार्षिक ३३ किलो प्याज खपत हुन्छ ।

भारतमा प्याजको मूल्यले राजनीति नै उलटपुलट पार्ने सामथ्र्य राख्छ । त्यसकारण सरकारले अन्य तरकारीको तुलनामा प्याजमा बढी ध्यान दिने गरेको छ ।

भारतमा प्रतिदिन ५० लाख मेक्ट्रिक टन प्याज खपत हुन्छ । त्यसमध्ये १२ लाख टन महाराष्ट्रबाट मात्र उत्पादन हुन्छ ।

अहिले इतिहासकै मंहगो मूल्यमा भारतमा प्याजको बिक्रि भइरहेको छ । भारतको २६ राज्यमा प्याजको उत्पादन हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here