सुनको भाउ प्रतितोला ४०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ मंसिर । शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

विहिवार प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार ४०० रुपैयाँ घट्दै छापावाल सुनको मूल्य ७० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

शुक्रवार तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले घट्यो ।

अघिल्लो दिन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमवार ४०० रुपैयाँ घट्दै प्रतितोला ७० हजार ५ सय रुपैयाँमा झरेको महासंघले बताएको छ ।

शुक्रवार चाँदीको मूल्य भने यथावत नै रह्यो ।

शुक्रवार चाँदीको मूल्य प्रतितोला ८ सय ४० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here