एभरेष्ट बैंकका ग्राहकलाई नेपाल नेशनल हस्पिटलमा छुट

काठमाडौं, १४ चैत । एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई कलंकी स्थित नेपाल नेशनल हस्पिटलमा छुटको व्यवस्था गरेको छ ।

एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुटको लागि नेशनल हस्पिटलसँग साझेदारी गरेको हो ।

एभरेष्ट बैंक र नेपाल नेशनल हस्पिटलबिच भएको एमओयु अनुसार बैंकका ग्राहकहरुले हस्पिटलका विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर छुट पाउन सक्नेछन् ।

हालै भएको क्यामेलस् रेटिङमा बेस्ट कमर्सियल बैंकमा परेको एभरेष्ट बैंकका हाल ९२ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ वटा एटिएम रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here