एण्ड्रिजले आफ्नो सेवाग्राही दिवस आफ्ना ग्राहकहरुसंग अन्तरक्रिया गर्दै आयोजना गर्यो

काठमाडौं, २७ मंसिर । अन्तर्राष्ट्रिय प्रविधि समूह, एण्ड्रिजले आज काठमांडौमा आफ्नो चौथौं सेवाग्राही दिवसको आयोजना गरेको छ ।

उक्त कार्यक्रमको उद्घाटन संयुक्त रुपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उप प्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिका लागि अटासी माइकल लेडरर, एण्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोशेफ उल्मरले गरे ।

एण्ड्रिजले नेपालसँग ३ दशक लामो ऐतिहासिक सम्बन्ध कायम गरेको छ । साथै, नेपालको विकास र प्रगतिको एक हिस्सा हुन गएको छ ।

एण्ड्रिजले नेपालका ३० भन्दा बढि सम्पन्न तथा निर्मार्णाधिन आयोजना गरी लगभग १२०० मेगावाट क्षमताका आयोजनाहरुमा आफ्नो संलग्नता कायम गरको छ । यस वर्ष मात्रै लगभग ६७ मेगावाटका ४ आयोजनाहरुलाई सफलताका साथ राष्ट्रिय विद्युतिय प्रसारण लाईनमा जोड्न सफल भएको छ ।

हाल राष्ट्रिय गौरवका आयोजनाहरु, माथिल्लो तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) र मध्य भोटेकोशी जलविद्युत आयोजना (१०२ मेगावाट) साथै निजी क्षेत्रबाट संचालित अन्य धेरै आयोजनाहरुमा संलग्न रहेको छ ।

जोसेफ उल्मरले आफ्नो स्वागत मन्तव्यमा भने ‘नेपालको विकासमा हामी एक हिस्सा भएकोमा हामी गौरवान्वित भएका छौं र हाम्रो संलग्नतालाई निरन्तरता दिंदै देशलाई विकासको मार्गमा डो¥याउने प्रतिवद्धता जाहेर गर्दछौं ।’

नेपालमा एण्ड्रिजको बढ्दो प्रतिवद्धता संगै यसले सन् २०१७ मा काठमाडौंमा आफ्नो कार्यलय स्थापना गरेको छ र नेपालमा विक्री, सेवा र परियोजना व्यवस्थापनको लागि योग्य समूहको नेतृत्व गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here