अक्षय कुमारले पत्नीलाई दिए प्याजको झुम्का उपहार, के भनिन् पत्नी ट्वींकलले ?

बलिउड अभिनेता अक्षय कुमार फिल्मी दूनियाँमा जति हसाउँछन् र मजाक गर्छन्, उनको सोही बानी दैनिकीमा पनि झल्कन्छ ।

उनले पत्नी तथा नायिका ट्वींकल खन्नालाई प्याजले बनेको झुम्का उपहार दिएका छन् । ट्वींकल स्वयमले यसलाई शेयर गरेकी छिन् ।

उनले इन्स्टाग्रामबाट यो उपहार सार्वजनिक गरेकी हुन् । उनले त्यसको साथमा लामो पोस्ट पनि लेखेकी छिन् । ट्वींकलले भनेकी छिन् ‘कुनै कुनै सानो र बेकार चीजले पनि मन छुन्छ ।’

यतिबेला भारतमा प्याजको मूल्यले भाररसहित यस भेगमा आकास छोएको छ ।

सोही सिलसिलामा आएको यो तस्वीर अहिले बलिउडमा भाइरल भएको छ । अक्षय कुमार पछिल्लो समय आफ्नो फिल्म गूड न्यूजको प्रमोशनमा व्यस्त छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here