गण्डकी–८ काठेपोल मुक्त, ५ सय पोल प्रतिस्थापन गरिए

काठमाडौं, २७ मंसिर । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ काठेपोलमुक्त वडा बनेको छ ।

शनिबार एक कार्यक्रम आयोजना गरी वडा नम्बर ८ लाई काठेपोलमुक्त वडा घोषणा गरिएको हो । यससँगै सो वडा गोरखा जिल्लाकै पहिलो काठेपोलमुक्त वडा बनेको छ ।

सो अवसरमा गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीले यो समग्र गोरखा जिल्लाका लागि उदाहरणीय काम भएको बताए । साथै उनले सिहंदरबारको अधिकार गाउँमा भन्ने नाराले समेत सार्थकता पाएको धारणा राखे । सो अवसरमा अधिकारीले गण्डकी गाउँपालिकामा कृषीको सम्भावना रहेको भन्दै त्यसतर्फ ध्यान दिन जनप्रतिनिधिलाई आग्रह समेत गरे ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष रामप्रसाद रेग्मीले दुर्घटना निम्त्याएको तथा भविष्यमा पनि जोखिम हुुनसक्ने भन्दै काठेपोल हटाएको बताए । उनका अनुसार काठेपोलका कारण हावाहुरी तथा पानीमा पोल ढली विद्युुत आपूर्तीमा अवरोध आइरहेको थियो ।

वडामा रहेका ५ सय भन्दा बढी काठेपोल विस्थापन गरेर फलामको पोल राखिसकेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here