दुध बेच्नका लागि यसरी मारिन्छन् कलिला बाछो

काठमाडौं । दुध र दुग्धजन्य पदार्थ नेपाल लगायत अन्य धेरै देशमा दैनिक रुपमा धेरै प्रयोग हुने खाद्य पदार्थ हो । दुधको लागि गाँउ गाँउमा गाई, भैसी पालन गर्ने प्रचलन रहेको छ ।

दुध बेच्नको लागि पछिल्लो समय गाई पालनको प्रचलन बढ्दो रुपमा फष्टाएको छ । दुध व्यवसायीहरुले दुध धेरै बेच्नको लागि बाछो-बाछीलाई भने दुध कटौती गर्ने प्रचलन चल्दै आएको छ ।

बाछी जन्मियो भने राम्रो स्याहार र बाछो जन्मियो भने दुध कम दिएर प्राण मात्र बच्नेगरि पाल्ने र अलि ठूलो भएपछि सडकमा लगेर छोडिदिने चलन नेपालको लागि भने नौलो छैन् ।

तर विदेशमा भने डेरी फार्महरुले नयाँ प्रविधीले बाछोको हत्या गर्ने गरेको पाईएको छ । संयुक्त राज्य अमेरिकाको ह्युमन सोसाइटीले सार्वजनिक गरेको एक भिडियोमा फ्लोरिडाको म्याक आर्थर डेरी फार्मले नर बाछोलाई मार्न प्रयोग गरेको एउटा विधि सार्वजनिक भएको छ ।

जुन भिडियोमा डेरीका कामदारहरूले बाछोलाई सामूहिक चिहानमा लगेर गोली हानी हत्या गर्ने गरेको पाईएको छ ।

गाईहरूबाट दुध धेरै बेच्नको लागि वा पछि ठूलो बनाएर दुध उत्पादन गर्नको लागि नर बाछो डेरी फार्महरुले काम नगाल्ने र पाल्नको लागि बोझको रुपमा लिन थाल्छन् तिनीहरुलाई महिनासम्म बाँच्न दिन्छन्।

त्यसपछि त्यहाँका कर्मचारीले गाडीमा हालेर लगेर सामूहिक रुपमा गोलीहानी विभत्स रुपमा हत्या गर्ने गरेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here