एकैदिन ५०० रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २९ मंसिर । आइतवार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

कारोबार भएको अघिल्लो दिन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आइतवार ५०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य ७१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतवार तेजावी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले बढ्यो ।

अघिल्लो दिन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा आइतवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

आइतवार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्यो ।

अघिल्लो दिन प्रतितोला ८ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतवार प्रतितोला ५ रुपैयाँ बढ्दै ८ सय ४५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here