शेयर बजारः नेप्से साढे ४ अंकले घट्दा साढे ६८ करोडको कारोबार

काठमाडौं, २९ मंसिर । साताको पहिलो दिन नै शेयर बजार ओरालो लागेको छ । आइतवार नेप्से परिसूचक ४.७८ अंकले घटेर १ हजार १ सय ६७.८६ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा भने आइतवार खासै असर परेन । सेन्सेटिभ इन्डेक्स ०.०८ अंकले बढेर २ सय ५५.६७ अंकमा पुगेको छ ।

आइतवार ट्रेडिङ, अन्य र बैकिङ्ग बाहेक अरु सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ३.११ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक घट्यो । जीवन बिमाको सूचक २.६२ प्रतिशत घट्यो । त्यस्तै, होटल समुहको २.३५ प्रतिशत, लघुवित्त समुहको २.११ प्रतिशत, जलविद्युत समुहको १.६६ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

आइतवार नेप्से घट्दा पनि कारोबारमा भने फरक परेन । १ सय ७२ कम्पनीको २० लाख ७२ हजार २ सय ३६ कित्ता शेयर किनबेच हुँदा ६८ करोड ६० लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

आइतवार सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीका शेयर धनीले कमाए । राष्ट्रिय बिमा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, यूनाईटेड इन्स्योरेन्सको ६.४१ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । स्पर्शको शेयर मूल्य ६.४० प्रतिशत घट्यो । त्यस्तै, गणपति लघुवित्त वित्तीय संस्थाको ५.७९ प्रतिशत घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकले गर्यो । बैंकले ६ करोड ३७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here