चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको निधन

काठमाडौं, ३० मंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति करीव साढे १० बजे उनको निधन भएको परिवारले जानकारी गराएको छ ।

उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा बाटैमा निधन भएको बताइएको छ । ओम अस्पतालका चिकित्सवले अस्पताल लैजानासाथ मृत घोषित गरेका थिए । मृत्युको कारण खुलेको छैन ।

अकस्मात समस्या आएका कारण हृदयघातको आंशका गरिएको छ । निर्माता तथा कलाकार भट्टराई १ वर्षयता संघको अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

३ दशकयता चलचित्र क्षेत्रमा सक्रिय उनी आफैले समेत अभिनेता गर्थे । ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत दर्जनौं हीट चलचित्र उनले नेपाली चलत्रि उद्योगलाई दिएक छन् ।

नेपाली चलचित्रक्षेत्रले दुई दिनको फरकमा दुई महत्वपूर्ण सदस्य समेत गुमाएको छ । शनिबार कलाकार दीपक क्षेत्रीको निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here