प्रधानमन्त्रीलाई त्रिशुली जलविद्युत कम्पनीको २० कित्ता शेयर

प्रधानमन्त्री केपि शर्मा ओलीलाई त्रिशुली जलविद्युत कम्पनीको २० कित्ता शेयर (आइपीओ) परेको छ ।

कम्पनीले निष्काशन गरेको माथिल्लो त्रिशुली ३ ‘बी’ को प्राथमिक शेयरका लागि प्रधानमन्त्रीले १० हजार कित्ता आवेदन गरेका थिए । नेपालको पानी जनताको लगानी भन्ने सरकारी नारालाई कार्यान्वयन गर्ने क्रममा प्रधानमन्त्री ओली र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले आवेदन दिएका थिए ।

धितोपत्र बोर्डको नियमअनुसार कुनै पनि कम्पनीको प्राथमिक शेयर निस्काशन हुँदा सबैले समानुपातिक पाउने नियम छ । सोही आधारमा गोला प्रथाका आधारमा प्रधानमन्त्रीलाई २० कित्ता शेयर परेको हो । ऊर्जा मन्त्री वर्षमान पुनलाई पनि २० कित्ता सेयर परेको छ ।

आइपीओमा कूल १ लाख ५४ हजार ५ सय ५९ आवेदन सदर भएका छन् । जसमध्ये ५० हजार २ सय ६७ जनाले ३० कित्ताका दरले शेयर हात पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here