सिजीले ल्यायो ‘बिप एप’, एकैपटक १० जनाले भिडियो कल गर्न सक्ने

काठमाडौं, १५ चैत । चौधरी ग्रुपअन्तर्गतको सिजी लाईफ सेलले ‘बिप एप’ सार्वजनिक गरेको छ ।

सिजी लाईफ सेल चौधरी ग्रुपअन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो ।

म्याजेजिङ प्लेटफर्मको रुपमा सार्वजनिक गरिएको ‘बिप एप’बाट भ्वाईस कल, भिडियो कल र म्यासेज एवं फाईल आदान प्रदान गर्न सकिनेछ ।

साथै, एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम सम्बन्धि जानकारी र समाचारहरुका बारेमा समेत जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एप सार्वजनिक गर्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौंधरीले डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा सिजीले पनि सक्दो योगदान पु¥याउन चाहेको बताए ।

‘यसबाट आम नेपालीनागरिकको अझै सर्वसुलभ रुपमा सूचनामा पहुँच पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ’ उनले भने ।

आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्ने एपलाई गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

यस्ता छन् विशेषताः

एपमा मोबाईल फोनको भाषाअनुसार परिवर्तन गर्न सकिन्छ ।

कुनै पनी मोबाईल अपरेटरका ग्राहकहरुले प्रयोग गर्न सक्छन् ।

यसमा विभिन्न प्रकारका निःशुल्क गेमहरु डाउनलोड नगरी खेल्न सकिन्छ ।

फलो मि र लोकेसन सेयर जस्ता बिशेषताहरु प्रयोग गर्न सकिन्छ ।

सरप्राईज पोइन्टद्वारा विभिन्न प्रकारका उपहारहरु जित्न सकिनेछ ।

यो एपलाई ल्यापटप र डेक्सटपमा पनि प्रयोग गर्न सकिन्छ ।

१० जना प्रयोगकर्ताले एकै साथ भिडियो कलगर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here