एल क्लासिको: दुबै टिमले मौकाको सदुपयोग गर्न सकेनन्

काठमाडौं, ३ पुस । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको एल क्लासिको बराबरीमा टुंगिएको छ ।

ला लिगा अन्तर्गत बुधबार राति बार्सिलोनाको मैदान भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

क्याम्प नाउमा भएको खेलमा दुबै टिमले पाएको मौकाको सदुपयोग गर्न सकेनन् । खेलमा रियलका ग्यारेथ बेलले गोल गरे पनि त्यसलाई अफसाइड देखाइयो ।

घरेलु दशर्कको साथ पाएर पनि बार्सिलोनाले पनि राम्रो खेल्न देखाउन सकेन । बराबरीपछि बार्सिलोना शीष स्थानमा कायम रहेन सफल भएको छ भने रियल मड्रिड समान अंक भएर पनि दोस्रो स्थानमा छ ।

दुवै टिम तेस्रो स्थानको सेभिल्ला भन्दा पाँच अंकले अघि रहेका छन् । बार्सिलोना र रियल मड्रिड दुवैको १७ खेलबाट ३६ अंक भएको छ ।

बार्सिलोना र रियल मड्रिडबिचको १७९ औँ भेट अक्टोबर २६ का लागि तय भएको थियो । तर सुरक्षाका कारण त्यो बेला रोकिएको खेल बुधबार राति भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here