विकास निर्माणको लागि संसदले पहाड फोर्नुपर्दैछ,सहयोग गरिदिनु पर्‍यो

काठमाडौं, ३ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास निर्माणको लागि सहयोग गरिदिन संसदको सहयोग मागेका छन् ।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा रहेको नदिजन्य सामग्री रहेको बताउँदै संसदहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

खतिवडाले ठूला आयोजना कार्यान्वयनमा ठूलो समस्याको रुपमा नदिजन्य सामग्री रहेकोले यसको अभाव पूरा गर्न अब वातावरणमा असर नपर्ने गरी पहाड नै फोर्नुपर्ने बताए ।

हामी एकैचोटी ठूलो परिमाणमा विकास निर्माणका कामहरु गरिरहेका छौं, यस्तो कार्यको लागि नदीजन्य पदार्थले मात्रै पुग्दैन, पहाडै फोर्नुपर्ने हुन्छ, अब निर्माण सामग्री आपूर्तिका लागि पहाड फोर्ने कुरामा संसदको सहयोग आवश्यक रहेको खतिवडाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here