पाइलट जाममा फसेपछि हवाई उडान रद्द !

नयाँदिल्ली, ४ पुस । भारतमा यतिबेला नागरिकका विधेयकको विरोधमा ठूलो आन्दोलन भइरहेको छ । आन्दोलनका कारण भारतको राजधानी नयाँ दिल्लीको सडक अस्तव्यस्त बनेको छ ।

यतिसम्म की जहाज उडान जानु पर्ने पाइलटसमेत सडकको जाममा फसेका कारण शुक्रबार र्कैयौं उडान प्रभावित भएका छन् ।

शुक्रबार इण्डिगो एयरलाइन्सका १६ उडान दिल्लीको ट्राफिक जामका कारण प्रभावित भएका हुन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार पाइलट तथा अन्य क्रु मेम्बर जाममा फसेपछि हवाई यातायात समेत प्रभावित बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here