अपहरित अध्यक्ष शाहीकी श्रीमती सकुशल, श्रीमानको अवस्था अज्ञात

काठमाडौं, ६ पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबाट दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती अपहरणमा परेका छन् ।

शनिबार राति १२ बजे २०- २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको जनाईएको छ । अपहरणमा परेको शाहीकी श्रीमती इला मल्ल शाही सकुुशल भेटिएकी छिन्।

नेपाल राष्ट्रिय शिक्षक संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी शाहीकी श्रीमती इला मल्ल शाहीलाई भने राति नै छाडिदिएको छ । अध्यक्ष शाहीलाई अपहरण गरेर कालीकोटतर्फ लगिएको बताइएको छ । तर अहिलेसम्म विप्लव समूहले भने यसको जिम्मेवारी लिइसकेको छैन ।

अपहरणमा परेका शाही दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई विप्लब नेतृत्वको नेकपाले पहिला पनि चेतावनी पत्र दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here