सूचीकृत कम्पनीको सूचना नेप्सेको वेबसाइटमा अनिवार्य

काठमाडौं, ८ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई नेप्सेको वेबसाइटमा सूचना अनिवार्य रुपमा अपलोड गर्न निर्देशन दिएको छ ।

नेप्सेले कम्पनीबाट प्रवाह गर्ने सूचनालाई वेवसाइटमा नै उपलब्ध हुने व्यवस्था मिलाए पनि कतिपय संस्थाहरुले सो सुविधा प्रयोग नगरेपछि अनिवार्य रुपमा नेप्सेको वेवसाइटमा सूचना अपलोड गर्न निर्देशन जारी गरेको हो ।

सूचीकृत कम्पनीहरुले सूचना तथा जानकारीहरु सूचीकृत संगठित संस्थाहरुले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को परिच्छेद ६ को विनियम २२ तथा धितोपत्र सूचकिरण सम्बन्धि सम्झौता बमोजिम नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

तर कतिपय कम्पनीहरुले यसलाई बेवस्था गर्दै आएपछि नेप्से निर्देशन नै जारी गर्नुपर्ने अवस्थामा पुगेको हो ।

यस सम्बन्धि सूचना नेप्सेले बारम्बार जारी गरिसकेकाले अब पनि कम्पनीले बेवास्ता गरेमा सोही विनियमावलीको विनियम १६ को १(ख) बमोजिम धितोपत्र सूचीकरण स्थगन गरिने नेप्सेले सूचनामार्फत जानकारी गराएको छ ।

उक्त व्यवस्था अनुसार नेप्सेले कम्पनीबाट प्रवाह गर्ने सूचनालाई वेवसाइटमा नै उपलब्ध हुने व्यवस्था मिलाए पनि कतिपय संस्थाहरुले सो सुविधा प्रयोग नगरिरहेको हुँदा नेप्सेको आइटि शाखामा भौतिक रुपमा नै उपस्थित भई अफिसियल लेटरमा रुजु इमेल ठेगाना खुलाई नेप्सेको इमेलमा लग इन विवरणका लागि अनुरोध पठाउन निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here