सुनचाँदीकै मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, ८ पुस । मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

सोमवार प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा मंगलवार ३०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य ७२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलवार तेजावी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँले बढ्यो ।

सोमवार प्रतितोला ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मंगलवार ३०० रुपैयाँ बढ्दै प्रतितोला ७१ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

मंगलवार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढ्यो ।

सोमवार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा मंगलवार प्रतितोला १५ रुपैयाँ बढ्दै ८ सय ७५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here