शीत-लहरले समस्यामा हुनुहुन्छ ? यसरी रहनुहोस् सुरक्षित

काठमाडौं । देशभरकै तापक्रम विस्तारै घट्दो क्रममा छ । तापक्रम घटेसंगै शीत-लहरको समस्या पनि देखिन थालेको छ ।

खासगरी तराईको भु-भाग शीतलहरबाट सबैभन्दा धेरै प्रभावित हुने गरेको पाईन्छ । चिसो बढेसंगै तराईमा शीतलहर सुरु हुन थालेको छ ।

शीतलहरबाट सबैभन्दा बढी बच्चाबच्ची र वृद्धवृद्धाहरु समस्या पर्छन् । शीतलहरको कारणले वार्षिक सयौं मानिसहरुको मृत्यु भएको समेत समाचारहरु सुनिन्छ ।

ज्यानै समेत लाने शीत-लहरबाट यसरी बच्न सकिन्छः

१. न्यानो कपडाको जोहो समयमै गरौं ।

२. शीत-लहरको समयमा घरबाहिर खुला स्थानमा धेरै समय नबिताऔं, घरबाहिर निस्कनु परेमा वा धेरै समय बिताउनु पर्ने भएमा न्यानो कपाडा लगाऔँ ।

३. रातको समयमा सिरक, कम्बलजस्ता न्यानो कपडा ओढ्ने गरौँ । घरभित्र राति सुत्दा शरीरका साथै अनिवार्य रुपमा छाती तथा टाउको ढाक्ने प्रबन्ध मिलाऔँ ।

४. शीत-लहर चलेको समयमा आगो तापेर शरीरलाई न्यानो राख्ने गरौँ ।

५. चिसोको समयमा शरीरलाई चाहिने आवश्यक तातो झोलयुक्त खानेकुराहरु खाने बानीको विकास गरौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here