शेयर बजारः नेप्से साढे २ अंकले घट्दा ७२ करोडको करोबार

काठमाडौं, ८ पुस । सोमवार उत्साहजनक रुपमा बढेको शेयर बजार मंगलवार पुन ओरालो लागेको छ । मंगलवार नेप्से परिसूचक २.३७ अंकले घटेर १ हजार १ सय ६६.२१ अंकमा झरेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ०.३२ अंकले घटेर २ सय ५४.२१ अंकमा झर्यो ।

मंगलवार बैकिङ्ग, ट्रेडिङ, फाइनान्स, अन्य र सामुहिक लगानी कोष समुहको सूचक बढ्यो भने होटल, विकास बैंक, जलविद्युत, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बिमा समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको ०.२८ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो । सबैभन्दा धेरै घट्नेमा होटल समुह रहेको छ । होटल समुहको सूचक १.९० प्रतिशत घट्यो । त्यस्तै, निर्जीवन बिमा समुहको १.२९ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार कारोबारमा भने सुधार भएको छ । आज १ सय ७१ कम्पनीको २० लाख २९ हजार ८ सय १५ कित्ता शेयर किनबेच हुँदा ७२ करोड १६ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

मंगलवार सबैभन्दा धेरै सपोर्ट लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । सपोर्ट लघुवित्तको शेयर मूल्य ९.८९ प्रतिशत बढ्यो । त्यस्तै कञ्चन विकास बैंकको ९.५७ प्रतिशत, पाँचथर पावर कम्पेन्टको ९.४३ प्रतिशत बढ्यो भने अन्य समुहको राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा आँखुखोला जलविद्युत कम्पनीका शेयर धनी छन् । आँखुखोलाको शेयर मूल्य ७.०१ प्रतिशत घट्यो । रिडी जलविद्युत विकास कम्पनीको ५.४० प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्ट कम्पनीले गर्यो । कम्पनीले १० करोड ३३ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here