किन पर्छ जाडो मौसममा धेरै चायाँ, कसरी हटाउने ?

सुस्मा महरा
वरिष्ठ ब्युटीसियन

काठमाडौं । कपालमा चायाँ पर्नु हिजो आज सामान्य समस्याको रुपमा देखापरेको छ । यस्तो लाग्छ कपालको सबैभन्दा ठूलो शत्रु नै चायाँ हो ।
कपालमा चायाँ पर्दा मानिसको व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्न गएको हुन्छ ।

मानिस जती नै स्वस्छ तथा सुन्दर भएर हिडेको नै किन नहोस् तर उसको कपालमा देखिने चायाँले लाजमर्दो समेत बनाउन सक्छ । कपालमा चायाँ पर्नु भनेको कपालको समस्याले नभई छालाको समस्याका कारण उत्पन्न हुने समस्या हो । खासगरी जाडो मौसममा धेरै मात्रामा चायाँ पर्ने गर्दछ । हाम्रो आफ्नै बानीको कारण हाम्रो कपालमा चायाँ परिरहेको हुन्छ ।

कसरी पर्छ चायाँ

काठमाडौं मल स्थित फेसीयल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ व्यूटिसियन महराका अनुसार अनुसार हामीले जाडो मौसममा गर्ने हाम्रा विभिन्न प्रकारका बानीको कारण चायाँ परिरहेको हुन्छ ।

पानीको कारण पनि हाम्रो कपालमा चायाँ पर्ने समस्याहरु आउने कुरा महराले बताईन् । यसका साथै हामीले जाडो भएर हतार हतार गरेर नुहाउदाँ साबुन वा स्याम्फु राम्रोसंग नपरालिएको कारण पनि चायाँको समस्या देखिने उनले बताइन् ।

कसरी हटाउने ?

चायाँ हटाउनको लागि बजारमा विभिन्न नाम गरेका हजारौं स्याम्फुहरु पाइन्छ, तर ती स्याम्फुहरुले हाम्रो कपाललाई झनै प्रभावित पार्न सक्ने कुरा व्युटिसीयन महरा बताउछिन् ।

‘बजारमा अनेकौं नाम गरेका विभिन्न ब्राण्डका स्याम्फुहरु उपलब्ध छन्’ महरा भनिन्, ‘कुन स्याम्फु कस्तो ? यसले असर गर्छ कि गर्दैन् भन्ने, कुराको बारेमा सम्भव भएसम्म एउटा राम्रो व्यूटिसियनसंग छलफल गरेर प्रयोग गर्नुपर्छ ।’

यसका साथै चायाँ हटाउने घरेलु विधी पनि भएको कुरा व्यूटिसियन महरा बताउछिन् । ‘कपालमा पर्ने चायाँ हटाउने घरेलु विधी पनि छ । घरेलु विधीबाट चायाँ हटाउनको लागि कपालमा तेल लगाएर १ देखि २ घण्टासम्म मसाज गर्ने राम्रो स्याम्फुको प्रयोग गरि सफा पानीले पखाल्दा चायाँ हट्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here