क्रिसमस इभ मनाउन रिसोर्ट गएका एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । क्रिसमस इभ मनाउन रिसोर्ट गएका एकै परिवारका तीन जनाको डुबेर मृत्यु भएको छ ।

स्पेनको कोस्टा डेल सोल रिसोर्टमा बिदा बनाउन पुगेका एकै परिवारको तीन जनालाई स्विमिङ पुलमा डुबेको अवस्थामा भेटिएको रिसोर्टका मालिकले एक वक्तव्य जारी जनाएका छन् ।

९ वर्षीया बालिका पानीभित्र रमाउँदै गर्दा उनमा समस्या आएपछि उनको दाइ र बुवाले बचाउन जाँदा उनिहरुको पनि मृत्यु भएको वक्तव्यमा जनाईएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here