गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद

काठमाडौं, ९ पुस । चर्चित गायक गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग सम्बन्ध बिच्छेद गरेका छन् ।

बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र उनकी श्रीमती बीच सम्बन्ध विच्छेद भएको हो। न्यायाधीश विदुर कोइरालाको इजलासले सम्वन्ध विच्छेदको निर्णय सुनाएको हो।

ढकाल दम्पतीले मंगलवारमात्र जिल्ला अदालतमा सम्वन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका थिए। उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन्। शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन्।

रामकृष्ण र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो । उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here