शेयर बजार स्थिर: ५९ करोडको कारोबार, नेपाल बैंकले गर्यो १३ करोडको करोबार

काठमाडौं, १० पुस । साताको अन्तिम दिन नेप्से परिसूचक ०.६२ अंकले घटेर १ हजार १ सय ६७.४१ अंकमा झरेको छ । यसलाई विज्ञहरुले स्थिर भनेका छन् ।

विहिवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ०.३६ अंकले घटेर २ सय ५४.३६ अंकमा झरेको छ ।

विहिवार बैकिङ्ग, ट्रेडिङ, विकास बैंक र जीवन बिमा समुहको सूचक बढ्यो भने होटल, जलविद्युत, फाइनान्स, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य लघुवित्त र समुहिक लगानी कोष समुहको सूचक घट्यो ।

सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक बढ्यो । जीवन बिमाको सूचक ०.२९ प्रतिशत बढ्यो । सबैभन्दा धेरै उत्पादान तथा प्रशोधन समुहको सूचक घट्यो । उत्पादन तथा प्रशोधन समुहको सूचक १.०३ प्रतिशत घट्यो ।

विहिवार १ सय ७२ कम्पनीको १६ लाख ४१ हजार २ सय ११ कित्ता शेयर किनबेच हुँदा ५८ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै नेपाल शिव लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । नेपाल शिवको शेयर मूल्य ८.४० प्रतिशत बढ्यो । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ८.३४ प्रतिशत बढ्यो भने अन्य समुहको सूचक सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पेन्टका शेयर धनी रहेका छन् । पाँचथर पावरको शेयर मूल्य ७.६२ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार नेपाल बैंक ले गर्यो । नेपाल बैंकले १३ करोड २२ लाख ११ हजार रुपैयाँ बराबरको करोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here