उदयपुरको गाईघाटमा सिटिजन्स बैंकको ८५ औं एटिएम शाखा

काठमाडौं, १० पुस । सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुरको गाईघाट स्थित श्री १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटिएम सेवा शुभारम्भ गरेको छ ।

श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्ण प्रसाद सापकोटाले उक्त ए.टि.एम सेवाको उद्घाटन गरे । ए.टि.एम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनी अड्डाका सैनिक तथा त्यस क्षेत्र वरपरका जनता तथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशभर ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा बाट सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here